दफा १३०
सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनु पर्ने
(१) तोकिए बमोजिमको सवारी चलाउँदा चालक तथा सवारीको अघिल्लो सीटमा बस्ने व्यक्तिले सुरक्षापेटी बाँध्नु पर्छ ।
(२) मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ ।